स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा २ हजार २ सय २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
१३ हजार ८ सय ४६ जनाको पिसिआर परीक्षण गरिएकोमा यति संख्यामा कोरोना पुष्टि भएको हो ।
शनिबार थपिएका मध्ये ७ सय ७९ जना महिला छन् भने १ हजार ४ सय ४६ जना पुरुष रहेका छन् ।
सबैभन्दा धेरै काठमाडौंमा ८ सय ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा २ हजार ८ सय ४६ जना कोरोनामुक्त भएर घर फर्केका छन् ।
सो अवधिमा कोरोनाका कारण १३ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।