अस्वभाबिक भेटघाट


हरेकपल October 28, 2020

यही कार्तिक ५ गते राती अचानक भारतीय रअ प्रमुख सामन्तकुमार गोयलले नेपालका प्रधानमन्त्री के.पी.शर्मा ओलीसँग गोप्य भेट गरेको कुरा तत्कालै सार्बजनिक भयो । सोही दिन साँझ भारतीय चार्टर बिमानमा नेपाल आएका उनीले राती दुईघन्टाभन्दा धेरै एक्लै ओलीसँग भेटेर भोलिपल्ट बिहानै भारत फर्केको बिषय सार्बजनिक सञ्चार माध्यमको मुख्य समाचार बनेको थियो । यो भेटलाई भोलिपल्ट नेपालको परराष्ट मन्त्रालयलेसमेत आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएको थियो । तर दिन बित्दै गएपछि यही भेटलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने शिष्टाचार भेट भनेर ओलीको पक्षपोषण गरेका छन् । तर ढाँटेको कुरा काटे मिल्दैन भनेझैं सोको भोलिपल्ट ओलीले जनताका नाममा गरेको सम्बोधनमा यो बिषयमा मुख खोलेका छैनन् ।

यसरी सरकारले बिबादास्पदरुपमा जे भने पनि हरेक तह र तप्काका नेपाली जनताले भने यो भेटलाई अस्वभाबिक र राष्ट्रहित बिपरित भएको भन्दै अहिले ओलीको चौतर्फी बिरोध गरिरहेका छन् । नेपाली जनताको भनाईमा पहिलोकुरा यो भेटमा प्रोटोकल मिलेन । दोश्रोमा यो भेट अस्वभाबिक र शंकास्पद छ । तेश्रो र मुल कुरो भनेको यो भेट ओलीको सत्ता टिकाउने स्वार्थमा नेपाल र नेपालीको हित बिपरित छ । यो भेटले नेपालको स्वतन्त्रतामा हस्क्षेप भएको छ र स्वाभिमानमा आँच लागेको छ । यो भनाईको पुष्टि कालापानी, ,लिम्पियाधुरा र लिपुलेख समेटेर सार्बजनिक गरेको नक्साको चुच्चो फेरी धरापमा परेको छ । सीमा बिज्ञहरुकाअनुसार यस भेटमा नयाँ नक्साको बिषयमा अबदेखि चुँपनि नबोल्ने र भारतबाट बिबाह गरेर नेपाली बुहारी बनाइएका महिलाको हकमा पहिलेझैं नागरिकता दिनुपर्नेंगरि हाल संसदमा प्रस्तुत नागरिकता बिधेयक पारित नगर्ने दुइबुँदे सहमति भएको छ । यसरी यो भेटमा गरिएको भनेको सहमति राष्ट्रहित बिपरित भएको स्पष्टै छ । सत्य ढाकछोप गर्न सरकारले जे भनेपनि सत्य उजागर हुनेनै भएकाले त्यो अस्वभाबिक भेटको रहस्य खुलेको हो । यही कारणले यताकादिनमा प्र.मं. ओलीको बोली बन्द भएको छ ।

अहिलेसम्म ओलीले पाएको राजनैतिक उचाईको हाल आएर पर्दाफास भएको छ । भारतले अघिल्लो पटक नेपाललाई गरेको लामो नाकाबन्दीको बिरोधबाट ओलीको राष्ट्रबादको नारा शुरु भएको थियो । यही नारालाई भजाएर ओलीले बिगतको संसदीय निर्बाचनमा हाराहारी दुइतिहाइ मत ल्याएर प्र.मं. बनेका हुन । सरकार बनेको दुईबर्षमै ओली सरकारले गरेको गलत कामले नेपाली जनता निराश भएर बिरोध शुरुगरिसकेका थिए । यो भनक पाएर चतुर ओलीले पुनः नेपालीलाई झुक्याउन राष्ट्रबादको नाममा कालापानीको नारा ल्याएर आफनो सत्ता टिकाउने जाल बुनेको अहिले आएर पर्दाफास भएको छ । ओली सरकारले गरेका एकपछि अर्को काम भ्रष्टाचारयुतm र नेपाली जनताको हित बिपरित भएकाले अर्का नाममात्रका अध्यक्ष बनाइएका प्रचण्ड, वरिष्ठ नेता माधब कुमार नेपाल र झलनाथ खनालसमेत असन्तुष्टभएपछि सत्तामा टिक्न नसकिने देखेर आफैंले बोलाएर भारतसँग लम्पसार परेको यता आएर खुलासा भएको छ । यो खुलासापछि भारतले नेपालमा गरेको त्यतीबेलाको नाकाबन्दीको बिरोधदेखि हालसम्म ओलीले गरेको राष्ट्रबादको नारा झुठा र स्वार्थपुर्ण भएको पुष्टि भएको छ । यो कर्तुतको रहस्य खुलेपछि सर्बसाधारण जनतामात्र नभै स्वयं अधिकान्स कमुष्टि मतदाता र ने.क.पा.का प्रवतmा नारायणकाजी श्रेष्ठसमेत खुलारुपमै ओलीले गरेको यो एक्लो र अस्वभाबिक कामको बिरोध गरिरहेका छन । ओलीको यो नाटक मन्चनले ओलीको सत्तामात्र धरापमा परेको नभै अहिलेको राननीतिक प्रणालीलाईपनि खतरा भएको छ । अहिलेको राज्यसत्ताको गलत कामले नेपाली जनताल ेलामो संघर्ष गरेर ल्याएको गणतन्त्रपछि सत्ताच्युत भएको राजतन्त्रलाई फाइदा हुनसक्ने संभाबना बढेर गएको छ ।

०७७ सालको दशैंको सेरोफेरोमा ओलीले गरेको कामलाईनै हेर्नेहो भनेपनि उहाँले गरेको काम नेपाली जनताको आँखामा छारो हाल्ने झुटको खेती र आफनो स्वार्थमा प्रेरित भएको छर्लङ्ग हुन्छ । भारतीय रअ प्रमुख गोयल कसैलाई थाहानै नभै नेपाल आएर ओलीसँग गोप्य भेट र सहमति गरेर भारत फर्कनु र सोको लगत्तै प्रधानमन्त्रीले राष्ट्रकानाममा गरेको सम्बोधनमा सोबारे उच्चारणसम्म नगर्नाले यो काम राष्ट्रहित बिपरित भएको छर्लङ्गै भएको छ । यही भएर शुरुमा भारतको घनघोर बिरोध गरेर कालापानीसमेत समेटेर ओली सरकारले नक्सा जारी गरेपनि यता आएर बोली फेरेको आशंका त्यसरी छापिएको नक्सा बिद्यार्थीलाई बितरण गरिने पुस्तकबाट हटाइएकाले भएकै थियो । यो शंका अहिले आएर गरेको अस्वभाबिक भेट र सहमतिले पुष्टि गरेको छ । कसैलाई थाहा नदिइ एक्लै राष्ट्रहित बिपरित भेट गरेकाले यो भेटलाई अस्वभाबिक भेट भनिएको हो । यसरी ओलीसँग भारतीय रअ प्रमुख गोयलले गरेको अस्वभाबिक भेट र सहमति राष्ट्रहित बिपरित भएकाले अहिले चौतर्फी बिरोध भइरहेको हुँदा ओली चरम राजनीतिक संकटमापर्ने निश्चित भएको छ ।

( लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ )