पोखरा महानगरको सेवा सञ्चालनमा आउने


हरेकपल October 28, 2020

पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।

महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गतेदेखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभयो ।

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।

महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको आजको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।