काठमाडौं । नेपाली टेनिस खेलाडी प्रेरणा कोइराला केन्यामा भएको एकल खेलमा दोस्रो चरणमा पराजित भएकी छिन् ।
नैरोबीमा मंगलबार भएको पहिलो चरणको खेलमा १४ औं बरियता प्राप्त प्रेरणा दोस्रो चरणमा बेलायतकी इमोजेन हाडाडसँग ६–१ र ६–३ अंकले पराजित भइन् ।
पहिलो चरणमा प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७–५ र ७–५ अंकले पराजित गरेकी थिइन् । एकलमा नेपालको चुनौती समाप्त भएको छ । यसअघि नेपाली खेलाडी सलोनी तामाङ पहिलो चरणमै पराजित भएकी थिइन् ।
गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडी विजयी भएका छन् । प्रेरणा र सलोनीको जोडीले बुल्गेरियाकी एम्मा फान्टोउसिस र ग्रेट ब्रिटेनकी अन्जली कोटेचाको जोडीलाई ६–२ र ६–२ अंकले पराजित गरेको हो । उनीहरुले अब दोस्रो चरणमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गासाग खेल्नेछन् ।