काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाफल आइतबारसम्म सार्वजनिक गर्ने भएको छ।
गत मंसिर १६ गते परीक्षा सम्पन्न भएकामा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको गुनासो आएको थियो । परीक्षाको एक महिनाभित्रै नतीजा प्रकाशन गर्ने भने पनि बोर्डले सार्वजनिक गर्न सकेको छैन ।
बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको बताए । आगामी आइतबारसम्म नतीजा सार्वजनिक गर्ने उनको भनाइ छ। परीक्षा बोर्डले यसअघि माघ १० गतेभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा छन्।