काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री


हरेकपल January 27, 2021

काठमाडौं । काठमाडौंमा आज जाडो ह्वात्तै बढेको छ । आज बिहानको न्यूनतम् तापक्रम २ डिग्री सेल्सियस रह्यो ।

दिउँसोको अधिकतम् तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँमा आज बिहान सूर्योदय ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४१ मिनेटमा हुनेछ ।

काठमाडौंको मौसम आज सफा रहने छ । आज प्रदेश १ र लुम्बिनी प्रदेशका केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमापातको संभावना छ।