मेलीना राईको स्वरमा ‘धड्किरहन्छ मुटुभरी’ सार्वजनिक


हरेकपल January 27, 2021

पछिल्लो समयकि चर्चित तथा ब्यस्त गायीका मेलीना राईको स्वरमा सजिएको ‘धड्किरहन्छ मुटुभरी’ बोलको गीतसंगै भिडियो सार्वजनिक भएको छ ।

गीतमा साहित्यकार कवि एबम पुर्ब सहरी मन्त्रालयका पुर्ब सचिव दिपेन्द्रनाथ सर्मा ज्युको सब्द कन्काइष्ट राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ ।

मर्मस्पर्शी शैलिको यस गीतको भिडियोमा नायिका वर्षा राउत र मोडल कुङसाङ बम्जनको अभिनय रहेको छ ।

त्यसैगरी भिडियोको छायाँकनमा बुद्व थापा सम्पादनमा बिकास धमला र निर्देशन निकेश खड्काले गरेका हुन् ।

भिडियोमा जातिय माया प्रेम दर्शाइएको छ । एक अर्काले आफ्नो माया पाउन संघर्ष गरे आफ्नो छुटै संसार बनाएका छन् । अझै पनि नेपाली समाजमा अन्तर जातिय मायाको विरोधीहरु प्रस्तै भेटिन्छन् ।

युवापुस्ताको प्रेमभावलाई प्रस्तुत गरेर तयार गरिएको गीतको भिडियोलाइ यस गीतका संगीतकार कन्काइष्ट राईको अफिसियल च्यानलमा अपलोड गरिएको छ ।