प्रचण्ड–माधव समूहले आजदेखि माइतीघरमा एकसाता धर्ना दिने


हरेकपल January 27, 2021

प्रधानमन्त्रीको कदमविरुद्ध आन्दोलनमा रहेको नेकपा (प्रचण्ड–माधव समूह)ले आज (बुधबार)देखि माइतीघरमा एकसाता धर्ना दिने भएको छ।

सो समूहले तेस्रो चरणको विरोधअन्तर्गत माघ २१ सम्म धर्नाको कार्यक्रम राखेको हो ।

धर्नामा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्य सहभागी हुने बताइएको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध यो समूहले सोमबार तेस्रो चरणको विरोध कार्यक्रम सार्वजनिक गरेको थियो ।

नेकपा विवादमा निर्वाचन आयोगले कुनै पनि समूहलाई आधिकारिकता दिएको छैन ।