वामदेव गौतमको ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु


हरेकपल January 27, 2021

ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजबाट नेकपा उपाध्यक्ष वामदेव गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम सुरु गरेका छन् ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरिए पनि उनीहरू र उनीहरुका पक्षधर कोही पनि कार्यक्रममा उपस्थित भएनन् ।

प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले आजबाट औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरेका हुन् ।

कार्यक्रम सहभागीलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ । अवधारणापत्रमा पार्टी एकताको कारण अध्यक्षद्वय बीचको अविश्वासलाई चित्रित गरिएको छ ।