प्रख्यात नारीवादी लेखक सिमोनको अन्तर्वार्ता नेपालीमा


हरेकपल January 27, 2021

काठमाडौं । विश्वविख्यात नारीवादी लेखक सिमोन द बोवुआरको किताब नेपाली भाषामा प्रकाशित भएको छ । सिमोनको पुस्तक ‘महिलासंग गुमाउनका लागि केही छैन’ नेपाली भाषामा प्रकाशित भएको हो ।

जर्मन पत्रकार एलिस स्वेर्जरले सिमोन र सिमोनका प्रेमी तथा दार्शनिक ज्याँ पाल सात्रसंग लिएका अन्तर्वार्ताहरु किताबमा समेटिएका छन् । किताबमा विभिन्न समयमा लिईएका ६ वटा अन्तवार्ता समेटिएका छन् ।

पुस्तकमा विवाह संस्था, परिवार, मातृत्व, महिला यौनिकता र महिला श्रीमाथि सिमोनका विचारहरु समेटिएका छन् । अन्तवार्तामा महिला मुक्तिसंग जोडिएका प्रश्नहरुको जवाफ खोज्ने प्रयास गरिएको छ । महिला मुक्तिको विषय नेपाली सन्दर्भसंग जोडिने भएकाले विदेशी भाषाबाट पुस्तक अनुवाद गरिएको प्रकाशक इन्डिगो इन्कका विष्णुकुमार पौडेलले बताए । पुस्तक इन्डिगो इन्कले बजारमा ल्याएको हो । पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ राखिएको छ ।