मेस्सीको गोलमा बार्सिलोना विजयी


हरेकपल January 28, 2021

एजेन्सी । लियोनल मेस्सीको गोलको मद्दतमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ गोलले पराजित गरेको हो । घरेलु टोली भालेकानोका लागि खेलको ६३ औँ मिनेटमा गार्सिया टोरेसले गोल गरेर सुरुवाति अग्रता दिलाए ।
गोल
प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए । जोर्डी अल्बाको सहयोगमा खेलको ८० औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेका हुन् ।

अन्य खेलमा सेभिल्लाले भ्यालेन्सियालाई ३–० गोलले तथा अल्मेरियाले ओसासुनालाई टाइब्रेकरमा ५–४ गोलले पराजित गरेको छ ।