देशभर ९ हजार ८४ जनाले लगाए कोरोना विरुद्धको खोप


हरेकपल January 28, 2021

काठमाडौं । खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत उनीहरुले खोप लगाएका हुन् । प्रदेश नम्बर १ मा एक हजार २५५, प्रदेश नम्बर २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ तथा सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएका छन्।

अहिलेसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेका थिए ।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप ४ लाख ३० हजार जनालाई लगाउने छ।