काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको १० सिट पनि नआउने ठोकुवा गरेका छन् ।
आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल सफलताको बाटोतर्फ नहिडेर भिरको बाटो हिडेको टिप्पणी गरे ।
वैशाख २७ गतेसम्म दुवै जना बरफ जस्तै पग्लिएर सकिने बताए । ओलीले आधिकारिक पार्टी आफुहरुको भएको ठोकुवा गरे ।
विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टी एक ढिक्का बनाई अघि बढ्ने बताए ।