क्यामरुनमा बसमा आगलागी हुँदा ५३ को मृत्यु


हरेकपल January 28, 2021

एजेन्सी । क्यामरुनमा एक बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ । आगलागीबाट २९ जना गम्भीर घाइते भएका छन् ।

पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधबार बसमा समेत आगलागी भएको हो । सो दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङमा दुर्घटना भएको हो । बसमा ७० यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले उक्त दुर्घटना भएको अनुमान गरिएको छ ।