नेपाली कांग्रेसले बिहीबार वीरगञ्जबाट ‘गरीखाने अभियान’ सुरु गरेको छ । वीरगन्जमा पत्रकार सम्मेलन गरेर कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा उक्त अभियान घोषणा गरेको हो ।
अभियानको सहसंयोजकमा अनिल रुंगटालाई राखिएको छ । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाली कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले बताए ।