मेचु धिमालको ‘मैले के विगारेँ’ सार्वजनिक (भिडियो)


हरेकपल January 28, 2021

गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के विगारेँ’ सार्वजनिक भएको छ । गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द छ । गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ । भिडियोमा गायिका मेचु आफैं फिचर छिन् । भिडियोमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् ।

मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पिटर गुरुङको छायाङ्कन छ । राज पोखरेलले ड्रोन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरि तिमल्सेनाले गरेका हुन् । यसै गीतको पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैंले स्वर भरेका छन् । पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।

भिडियो