इंग्लिस प्रिमियर लिगमा लिभरपुलको सहज जित


हरेकपल January 29, 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३र्‍ १ गोल अन्तरले पराजित गरेको हो । टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे ।

टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । रोमान्चक बनेको खेलको तेस्रो मिनेटमा सन ह्युङ मिनले गोल गरेका थिए । भीएआर प्रविधिको सहायताबाट रेफ्रीले अफसाइट देखाउदा टोटेनहम अग्रता बनाउन चुकेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १र्‍ ० गोलको अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २र्‍ ० गोलले अघि रह्यो ।

खेलको ४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २र्‍ १ गोलको स्थितिमा ल्याए । खेलको ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३र्‍ १ गोलको जित दिलाए ।

जितसंगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ । टोटेनहमको ३३ अंक छ । टोटेनहम छैटौं स्थानमा उक्लिएको छ ।