निर्वाचन आयोगले नेकपाका दुवै पक्षसँग आज छलफल गर्ने


हरेकपल January 29, 2021

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षसँग आज छलफल गर्ने भएको छ ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलका लागि आज कार्यालयमा बोलाएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचनसम्बन्धी छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी पाँच पाँच जनालाई बोलाइएको जानकारी दिए ।

आयोगले पठाएको पत्रमा नेकपाको आधिकारिकता सम्बन्धी विवादबारे छलफल गर्ने उल्लेख नगरे पनि नेकपाकै विवादका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि नेकपाका दुवै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । ती निवेदनमा दुवै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।