पाँच हाइकु


हरेकपल January 30, 2021


लालगोपाल सुवेदी

१)
खल्तीमा रैछ
हाम्रो नक्सा र झण्डा
कठै नेपाली !!!

२)
मृगौला बेच्छौ
टन्न रक्सी पिउँछौ
वाह जिन्दगी !!!

३)
दिइन्छ चन्दा
कि मन्त्री नै पाइन्छ
नभए जिएम् ।

४)
पशुपतिले
चलाएको देश हो
हाम्रो नेपाल !!!

५)
गाडी चल्दैन
कारखाना चल्दैन
खाना चल्दछ !!!