प्रचण्ड आक्रोश– म नपुंसक भइनँ त मेरो दोष हो ? हनुमानलाई छोराछोरी भन्नेचाहिँ सही हो ?


हरेकपल January 29, 2021

नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा)का दुई पक्षको जुहारी अझै जारी छ । यसै सिलसिलामा विराटनगरमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निःसन्तान छन् । उनै ओली लाई व्यङ्ग्य गर्दै प्रचण्डले भने, ‘म नपुंसक भइनँ, निःसन्तान भइनँ, मेरो दोष हो ?’

ृजनयुद्धमा छोरीहरू रोल्पाका जंगलमा बन्दुक बोकेर हिँडेको स्मरण उनले आफ्ना छोराछोरीलाई पढ्न अमेरिका–ब्रिटेन नपठाएको बताए । उनले भने, ‘आफैसँग बन्दुक बोक्न जंगल लिएर गएँ, विशेषाधिकार खोजिनँ छोराछोरीलाई ।’

केपी ओलीले आफ्नो हुर्मत लिने, ह्युमिलेट गर्ने, अपमान गर्ने काम गरेको उल्लेख गर्दै उनले भने ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा लाने मेरो दोष हो ?’

विरोधसभालाई सम्बोधन गर्ने क्रममा ओलीप्रति आक्रोशित हुँदै प्रचण्डले भने, ‘धर्म छोराछोरी भन्दै कोचाउने सही हो त ? जसलाई मन लाग्यो, आफ्ना हनुमानलाई छोराछोरी भन्ने तिनलाई कोचाउने सही हो ?’

प्रधानमन्त्री ओलीलाई बेइमान र धूर्तको संज्ञा दिँदै उनले भने, ‘राजामहाराजाका धुपौरेले घेरेका छन्, केपी ओलीलाई । दलाल पुँजीपति, सामन्ती, साम्राज्यवादीहरूको अगाडि लम्पसार भएका छन् ।’