थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


हरेकपल January 29, 2021

पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६५ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् भने २०२५ जनाको मृत्यु भएको छ । हाल देशभर ३ हजार २२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १ हजार २४९ जनाको होम आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभरका प्रयोगशालामा ३ हजार २२१ जनाको परीक्षण गर्दा ५९ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।