संसद विघटन सदर भए अबका संसद दुई वर्ष पनि टिक्दैन : कृष्ण सिटौला


हरेकपल January 29, 2021

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको संसद विघटनका कारण परिवर्तित व्यवस्थाको जग भत्किन थालेको बताएका छन् । शुक्रबार कांग्रेस काठमाडौं नम्बर ६ को क्षत्रीय समितिले गरेको विरोध प्रदर्शनमा सिटौलाले सो कुरा बताएका हुन् ।

विघटन सदर भए चरम अस्थिरता आउने उल्लेख गर्दै उनले भने, ‘संसद विघटनलाई सदर गर्ने हो भने अब आउने संसद दुईवर्ष पनि टिक्दैन ।’

सिटौलाले थप भने, ‘यो संसद विघटन मात्र नभएर धेरै कुराको विघटन हुनेछ । सबैभन्दा ठूलो संविधानमाथि जनताको विश्वास विघटन हुनेछ ।’

अहिले त अपहेलना मुद्दा सुरु भएको भन्दै उनले आफूले बोल्दा न्यायलयको अवहेलना हुन्छ कि हुँदैन भन्ने आफूलाई थाहा नभएको बताए ।

पूर्वप्रधानन्यायाधीशहरूमाथि अवहेलननको मुद्दा सोचनीय भएको भन्दै सिटौलाले भने, ‘संविधानको मस्यौदा निर्माण गर्दा मैले नै त्यतिवेलाका प्रधान्यायाधीशलाई बोलाएको छु। कस्तो न्यायालय चाहिन्छ भनेर उहाँहरू आफैं उपस्थित भएर सुझावदिनु भएको छ ।’