जापानमा हावाहुरी र हिमपातका कारण एक सय उडान रद्द


हरेकपल January 30, 2021

एजेन्सी । जापानमा शुक्रबार अत्याधिक हावाहुरी र हिमपातका कारण झण्डै एक सय उडान रद्द भएका छन् ।

हावाहुरी र हिमपातबाट विशेष गरेर देशको उत्तरी भाग प्रभावित भएको छ । जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएल)ले क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको छ ।

होक्काइडो र उत्तरी होन्शुबाट हुने अधिकांश उडान रद्द रहेको अधिकारीहरुले जानकारी दिएका छन् । होक्काइडोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको थियो ।