लियोन फ्रेन्च लिग वानको शीर्ष स्थानमा


हरेकपल January 30, 2021

एजेन्सी । लियोन क्लब फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बोर्डेअक्सलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

लियोन शीर्ष स्थानमा उक्लदा पीएसजी भने दोस्रो स्थानमा रहेको छ । लियोनको ४६ अंक छ भने एक खेल कम खेलेको पीएसजीको ४५ अंक छ । घरेलु मैदानमा लियोनले ३२ औं मिनेटमा अग्रता बनाएको थियो । उसका लागि कार्ल टेको इकाम्बीले गोल गरेका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको लियोनले दोस्रो हाफमा एक गोल थप्दा एक गोल खान पुगेको थियो । खेलको ५५ औं मिनेटमा स्यामुएल कालुले गोल गर्दै बोर्डेअक्सलाई बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको अतिरिक्त समयमा लयो डुवोइसले गोल गर्दै लियोनलाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।