काठमाडौं । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई सातासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।
आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसममा आंशिक बद्ली हुने छ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने छ ।