साहसिक ह्विलचियर दौड सम्पन्न


हरेकपल January 30, 2021

मेरुदण्डीय पक्षघात समुह नेपाल र शान्ति तथा सहिद पार्क जगडोलको मुख्य आयोजना र गोकर्णेश्वर नगरपालिका अन्य संघसस्थाहरुको सहकार्यमा सहीद दिवसको अवसरमा साहसिक ह्विलचियर दौड सम्पन्न भएको छ ।

मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालको सभापतित्वमा भएको प्रतियोगितामा ३८जना पुरुष र १४ जना ह्विलचियर प्रयोगकर्ताले भाग लिएक थिए । उक्त कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे र म्याराथन धावक बैकुण्ठ मानन्धरले सयुक्तरुपमा गरेका थिए ।

ह्विलचियर दौडमा पुरुषतर्फ रमेश खत्री प्रथम, विष्णुपुकार श्रेष्ठ द्वितिय र खुमबहादुर पाण्डे तृतीय भएका थिए । यसैगरी महिला तर्फ प्रथम, द्धितीय र तृतीय क्रमशः पुजा चौधरी, इश्वरीकुमारी कुमाल र रजनी राई भएका थिए ।

विजेता खेलाडीहरु मध्ये प्रथम हुनेले नगद १५०००, द्धितीय हुनेले १००० र तृतीय हुनेले ५००० साथै शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख सन्तोष चालिसेले मेरुदण्ड पक्षघात भएका ब्यक्तिलाई आफुले सधै प्राथमिकतामा राखेको र आफु पदमा नहरदा पनि मेरुदण्डीय पक्षघात समुह नेपाल संस्थाको स्थायित्वको लागि दीर्घकालीन कार्ययोजना बनाउन लागि परेको बताए ।

उक्त कार्यक्रममा शान्ति तथा सहिद पार्क जगडोलका अध्यक्ष सुदर्शन सिग्देल, वडानं ८ का अध्यक्ष मनोजकुमार ढुङ्गाना, म्याराथन धावक बैकुण्ठ मानन्धर, गोकर्णेश्वर नगरपालिका युवा, खेलकुद विभाग प्रमुख रामकुमार यादवले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका महासचिव केशव थापाले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको व्यवस्थापन समाजसेवी अशोक मानन्धरले गर्नु गरेका थिए ।