‘म सामाजिक हुनै सकिनँ’


हरेकपल January 30, 2021

गीता रेग्मी

समय सँगसँगै सबै थाेक फेरिदैछ । केही दुर्त गतिमा । केही मन्द मन्द सुस्तरी ! जे हाेस ! सबै सबै गतिशिल छन् । समयकाे माग पनि यहीँ नै हाे । नत्र त म जस्तै समयपनि असामाजिक भै हाल्थ्याे नि ।

राजनीति गर्ने भनेको देशका लागि थियो , बाेल्न नसक्ने हरूका लागि थियोे । राजनीति सेवा थियो । नाफा घाटाकाे हिसाब किताब नगरी जेलनेल जान्थे । अहिले आएर राज्य सञ्चालन गर्ने नीतिहरूकाे राजा भनाै वा अभिभावक राजनीतिकाे नीति हराएर याे पङ्गु बनेको छ ।

अरुकाे दु:खमा मलम पट्टी लगाउने समाजमा मिलेर बस्ने , परिआउदा सबैलाई सहयाेग गर्नेलाई सामाजिक छ भन्थे ! अहिले याे परिवर्तन भएर आएकाे छ । चाेकका चिया पसलमा गफिने , रेष्टुरेन्टहरूमा भेटघाट गरेर ठूलाठूला बहस गर्ने र वारमा गएर पिउने सामाजिक परिभाषा भित्र पर्न थालेकाे छ ?

जतिसुकै सामाजिक काम गरे पनि कुनै संघसंस्थाको पुछर समातेको छैन भने उ न त सामाजिक कार्यकर्ता हुन्छ न त अभियन्ता नै । सामाजिक हुनु भनेको पद र पैसाको तराजुमा जाेखिन थालेपछि म जस्ता अलिअलि चेतना भएका मान्छे सामाजिक बन्ने दायरा भित्र अटाउनै नसकिने भएको छ ।

दिदी बहिनी गहनाकाे उपरी माथि थुपरी गर्न थाले । तिज सबैकाे चाड भएकोले गरिब दिदीबहिनी त्यहीँ घाेगे तिलहरी हेरेर दुखि नहुन । कमसेकम तिजमा त गहना नलगाउन भनेकाे, दिदीबहिनी त्यस्ले कहिल्यै नगाउदिन र ? भनेर दागाधर्न थाले । सुन सम्पत्ति हाे । अरू देशले सरकारले नै सुन जम्मा गरेर सुनकाे भाउ चुलिएको छ । दिदीबहिनीले सुन जाेडेकाेमा असाध्यै खुशी लाग्छ । दु:खकाे साथी भनेर तर कमसेकम सार्वजनिक कार्यक्रममा नलगाउ भन्दा म असामाजिक भएँ ।

सानै देखि सामाजिक सँघसंस्था खाेलेर दिदीबहिनीका दु:खमा मलम पट्टी लगाउने प्रयास गरेको थिए । त्यतिबेला उपहास गरेर कस्ले यस्तो बुद्धि दियो भनेर खिसिटिउरी गर्नेहरू त्यहीँ संस्थाकाे संरक्षक भएको देख्दा अचम्म मान्नुकाे मसँग विकल्प छैन ।
रेडक्रस जस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थाका पदाधिकारी नै अनिमतियता गरेर मुद्दा खेपिरहँदा सामाजिक शब्दको औचित्यकाे खाेजि नै नयाँ चिराबाट हुनुपर्ने हाे ।

केही हुँ । म गर्न सक्छु भन्ने आँटले भरिपूर्ण भएका छाेरीहरू जब वैवाहिक सम्वन्धमा जाेडिन्छन् । ती मुर्जाउदै जान्छन् ? किन वैवाहिक संस्था बुहारीहरूलाई आवाज विहिन बनाउछ ? यसले त समाजिक मुल्य र मान्यतालाई जाेगाउन सहयोग गर्दैन ।
किनकि छाेरीहरूलाई आत्मा निर्भर बनाउन प्रेरित गर्ने अनि बुहारी हुने बित्तिकै आवाज विहिनी बनाउने विराेभाषा पुर्णसाेच छ त्यसको परिणाम पक्कै पनि सुन्दर हुदैन । यसैले बुहारी बाेल्नु पर्छ भन्दा मलाई समाजले सामाजिक मान्ने कुरै भएन ।
परिणाम जतिसुकै दु:ख खप्न परे पनि छाेरीहरू विदेशीने । वैवाहिक संरचना भत्कंदै गएर लिभिङ टुगेदरकाे संस्कृतिकाे विकास ।

आजकल संस्थाहरू बग्रेल्ती छन् । तिनका सदस्य हुन एकहजार देखि एकलाख सम्म तिर्नु पर्छ । अझ वर्षै पिच्छे नविकरण गर्ने लायन्स राेटरी जस्ता संस्थाहरू छन् । महिनै पिच्छे ठूलाठूला हाेटलमा कार्यक्रम हुन्छन् । तिनका सदस्य बनेर सामाजिक हुन आउने साथीहरूका अनुरोध पन्छाउदै हिँड्ने मान्छे म उनीहरूका नजरमा कहिलै सामाजिक हुनसकिन ।

पैसा ! पैसा ! पैसा ! सबै तिर पैसै पैसा चाहिने समय आयाे । पैसा विना बाबू आमाका अगाडि त निकम्मा बनिने समयमा समाजमा भैपरि आउदा रसरङ्ग गर्दा दुई चार लाख फाल्न नसक्ने म जस्तो मान्छे कसरी सामाजिक बन्न सक्थे र ? यसाे केही गर्न खाेज्याे पापी पैसाेले राेक्छ । आजकल धेरै चन्दा दिएर समाजसेवी हुनेकाे हाेड पनि कहाँ कम छ र ? पैसा भएसी न त पैसाको स्राेत खाेज्न जरुरी मानिन्छ न त मान्छेकाे स्वाभाव नै ! वस ! अर्को कार्यक्रमकाे प्रमुख अतिथि उ नै हुन्छ । मेरा दाैडधुप , मेरो हुट्हुटी , मेरो विश्वास सबै हल्लन्छ र म विस्तारै वहिस्कृत हुँदै जान्छु । जर्कन हिरा हुनेकि काेहिनुर हिरा पैसाले नै त निर्धारण गर्छ । म फगत एउटा ढुङ्गा हुन पुग्छु ।

पुरै असामाजिक !

राजनैतिक पाटीका नेता देखि कार्यकर्ता सम्म विभिन्न संघसंस्थाका धेरै समय जन्मदिनको सेलिब्रेसन मै बित्छ । जब जब मेरो जन्मदिन नजिकिदै जान्छ म त्यसै हतास हुन्छु । यसै बितेका वर्षहरू सम्झेर हुरुक्क हुन्छु । र सम्झन्छु नाना पाटेकर र मनिसा काेईराला अभिनित फिल्म ” अग्नि साक्षी ” । अप्सरा जस्ती मनिषा माथि खनिदा नाना पाटेकरकाे अाकृती कति साह्रै डरलाग्दो र घिनलाग्दाे थियो भने त्यसको बयान गर्न म असमर्थ हुन्छु । त्यस्तो रिसाहा मान्छेका अगाडि परेको छिमेकीको जन्माेत्सव । उनले त्यहाँ बाेलेकाे डायलग म आफ्नाे जन्मदिन हाेईन महिना शुरु हुन लागेदेखि सम्झने गर्छु । ” पैदा हाेकर कउनसा तिर मारा है , यैसा काैनसा अैसाज किया दुनियाँमा पैदा हाेकर क्या कन्ट्रिब्युसन हे देशमे र ढाेल बजाकर दुनियाँकाे निद हराम कर रहे हाे ? ” नाना पाटेकरकाे जिवन्त अभिनयमा मिस्सिएकाे डायलग मलाई जन्मदिनको सार्थकता खाेज्न वाध्य बनाउछ ।

यो फिल्म हेर्ने पहिलो र एकल व्यक्ति त म पक्कै हाेईन । किन मानिसहरू वर्षै पिच्छे आउने जन्माेत्सबलाई अति रन्जित गर्दै छन् । शब्दकाेषमा भएका विशेषण जति सबै जन्मदिनका सन्देशमा खन्याएर चाकडी गरिदैछ । कतै हामी आफ्नै माहात्मे सुन्ने आदत त बनाउदै छैनौं ? हैन भने त एउटै विस्तरामा साथै रहने जीवन साथीकाे जन्मदिनको शुभकामना अति विशेषण जाेडेर फेसबुककाे भित्तामा किन टाँस्नु पर्दथ्याे ?

राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था र सहकारीका सामाजिक भित्ता समेत जन्मदिनको शुभकामनाले मात्रै भरिन थालेपछि मैले उहाँहरूलाई प्रश्न राखेको थिए । याे संस्थाकाे काम जन्मदिनको शुभकामना दिने मात्रै हाे र ? मेरो प्रश्न कहाँ पाच्य हुँदाे हाे र ? उहाँहरूकाे नजरमा म कहाँ सामाजिक बन्न सके र ? हाे जन्म एउटा संयाेग हाे र अमुल्य छ । तर सामाजिक संस्थाकाे काम सामाजिक सञ्जाल जन्मदिनका शुभकामनाले भर्नु मात्रै हाे र ?

सामाजिक कार्यकर्ता हुनु भनेको भाैतिक सम्रचनाकाे निर्माण मात्रै हाेईन समाजमा देखिएका तमाम बेथिति राेक्ने प्रयास पनि हाे । हाे यहीँ मेरो चेत आजकल मलाई पुरै असामाजिक बनाउन लागिरहेको छ ।

पद हत्याउन गरिने प्रपञ्चकाे साझेदारी नगर्ने ।

साथीभाइलाई दुईचार पेग खुवाएर मिटिङ नगर्ने। उनीहरूले खाएको बिल तिरिदिन पनि नसक्ने ।
पद , पैसा , माेज र भाेज केही पनि गर्न नसक्ने लाक्षि म कसरी सामाजिक हुन सक्छु र ?

हिजो सामाजिक कार्यकर्ता भन्दा जुन गाैरव मनमा पलाउथ्याे आज त्यो शब्द निरर्थक लाग्न थालेपछि म घरमै कित्रिक्क परेर बस्न रुचाउने भएको छु ।