इटालियन सिरीमा मिलानको शीर्षता कायमै


हरेकपल January 31, 2021

एजेन्सी । इटालियन सिरी ए फुटबलमा एसी मिलानले शीर्षता कायमै राखेको छ । शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बोलोग्नाको मैदानमा २६ औं मिनेटमा एन्टी रेबिकले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ज्लाटन इब्राहिमोविचको पेनाल्टी बोलोग्नाका गोलकिपरले रोकेपछिको रिबाउन्ड बलमा उनले गोल गरेका थिए ।

खेलको ५५ औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलको ८१ औं मिनेटमा बोलोग्नाका आन्द्रे पोलीले एक गोल फर्काएपनि मिलान २–१ ले विजयी भयो ।

जित संगै मिलानले २० खेलमा ४६ अंक जोडेको छ । बोलोग्ना २० अंक जोडेर १३ औं स्थानमा रहेको छ । अर्को खेलमा इन्टर मिलानले बेनेभेन्टोलाई ४–० गोलले हराएको छ । इन्टरका लागि रोमेलु लुकाकुले दुई गोल गरे । रिकार्डो र लाउटरो मार्टिनेजले एक एक गोल गरे ।

जितसंगै इन्टरले २० खेलमा ४४ अंक जोडेको छ । इन्टर दोस्रो स्थानमा रहेको छ । बेनेभेन्टो २२ अनक जोडेर १२ औं स्थानमा रहेको छ ।