क्युवामा हेलिकोप्टर दुर्घटनामा पाँचको मृत्यु


हरेकपल January 31, 2021

एजेन्सी । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

क्युवाको रक्षा मामिला मन्त्रालयका अनुसार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको थिहो ।

हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयले दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको छ । क्युवामा यस अघि सन् २०१८ मे मा क्युवाली ध्वजावाहक विमान दुर्घटना हुँदा ११२ यात्रुको मृत्यु भएको थियो ।