काठमाडौंको तापक्रम १‍‍ दशमलव ८ डिग्री सेल्सियस


हरेकपल January 31, 2021

काठमाडौं । काठमाण्डौको आजको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

शनिबार काठमाडौंको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस रहेको थियो । रातको समयमा आकाश खुल्दा न्यूनतम तापक्रम घटेको हो ।

पानी नपर्दासम्म मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । आज प्रदेश नम्बर १ को पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र अन्य ठाउँको मौसम सामान्यतया सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १ का हिमाली जिल्लामा हलका हिमपातको सम्भावना छ ।