प्रतिनिधिसभा विघटन : सरकारी पक्षका कानुन व्यवसायीको बहस सोमबारदेखि


हरेकपल January 31, 2021

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयविरुद्ध संवैधानिक इजलासमा चलिरहेको सुनुवाईमा सरकारी पक्षका कानुन व्यवसायीको बहस सोमबारदेखि सुरु हुनेछ।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा १३ जनाको रिट निवेदन दर्ता भएको थियो। निवेदकका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ। यी निवेदकका तर्फबाट करिब तीन सय जना कानुन व्यवसायीले वकालतनामा भरे पनि करिब ७० जनाले मात्र बहस गरेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस चलिरहेको छ।सरकारी पक्षका तर्फबाट ११ जना सरकारी वकिल र त्यसबाहेक ८८ जना कानुन व्यवसायीले वकालतनामा भरेका छन्।