प्रिमियर लिगमा बर्नलीसँगको खेलमा चेल्सी विजयी


हरेकपल February 1, 2021

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । आइतबार राति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ४० औँ मिनेटमा सिजर अपिलिकुटा र ८४ औँ मिनेटमा मार्कोस अलोन्सोले एक एक गोल गरेका थिए । चेल्सी अंक तालिकामा ३३ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।​ बर्नली भने १६ औँ स्थानमा छ ।

यस्तै अन्य खेलमा लिड्स युनाइटेडले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको छ । ब्राइटनले टोटनह्यामलाई र एस्टोन भिल्लाले साउथह्याम्टनलाई समान १–० गोल अन्तरले पराजित गरेको छ ।