रातो प्रतिगमनविरूद्ध कांग्रेसको आज देशभर प्रदर्शन


हरेकपल February 1, 2021

काठमाडौं । नेपाली कांग्रेसका भातृ संगठनहरूले रातो प्रतिगमनविरुद्ध आज देशभर प्रदर्शन गर्ने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसका १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई शर्माले रातो प्रतिगमनको संज्ञा दिएका छन् ।

कांग्रेसले प्रदर्शनमा सहभागी हुन आइतबार नै सबैमा अपिल गरेको छ।