सिरियामा बम बिस्फोटमा परी १२ को मृत्यु


हरेकपल February 1, 2021

एजेन्सी । उत्तरपश्चिम सिरियामा कार बम बिस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
श्रृंखलावद्ध रुपमा भएका बिस्फोटमा परेर २९ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेका क्षेत्रमा विस्फोट भएको सुरक्षा अधिकारीहरुले बताएका छन् । सिरियामा विद्रोही समूहले विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको छ । अघिल्लो महिनाभर सो क्षेत्रमा कम्तिमा एक दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको बताइएको छ । सिरियाको सरकारी समाचार एजेन्सी सानाले कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) विरुद्ध विरोध प्रदर्शन गर्दै आक्रमणका घटना हुँदै आएका छन् ।

सिरियाका कुर्द समुदायका लडाकूहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै हिंसात्मक घटनाहरु भइरहेका छन् ।