एलिना गुरुङ ‘नेपाल स्टार’ विजेता


हरेकपल February 1, 2021

काठमाडौं । रियालिटी शो नेपाल स्टारको पहिलो विजेता पोखराकी एलिना गुरुङ बनेकी छिन् ।

देशभर गरिएको अडिसनबाट छनोट भएका १८० प्रतिस्पर्धी मध्येबाट चुनिएका चार उत्कृष्ट गायकबीच अन्तिम प्रतिस्पर्धा र दर्शकको भोटिङबाट गुरुङ विजेता घोषित भएकी हुन्।

उपाधिसँगै विजेता गुरुङले ३५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छिन् । यस्तै उनले एक करोड रुपैयाँ बराबरको जीवन बिमा पनि पाएकी छिन् ।

उपविजेता बनेका सुरेश लामा, सन्देश बम्जन लामा र लक्ष्मण लिम्बुले जनही पाँच लाख रूपैयाँ तथा ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेका छन्।

रियालिटी सोमा रामकृष्ण ढकाल, अन्जु पन्त र आलोकश्री निर्णायक थिए। उक्त सोको अडिसन २०७६ पुस तेस्रो सातादेखि सुरु भएको थियो ।