कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी


हरेकपल February 1, 2021

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिइएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा तथा २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

बोर्डले पुसमध्य सम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भनेको थियो । परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बोर्डले जनाएको छ ।