बबरमहलमा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक


हरेकपल February 1, 2021

प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी छ ।

आजैका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठक बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा जुगलले फेसबूकमार्फत जानकारी दिएका छन् ।

प्रचण्ड–नेपाल समूहले कार्की ब्याङ्केटमै बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाको अर्को समूहले भने बैठकको आधिकारिकतामाथि प्रश्न उठाएको छ ।