राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमार झाँक्रीलाई लक्षित गरेर लेखेको फेसबुक स्टाटस अहिले भाइरल बनेको छ ।
गोरखामा आयोजित दाहाल–नेपालको विरोधसभामा बोल्दै नेतृ झाँक्रीले राष्ट्रपतिमाथि गम्भीर आक्षेप लगाएकी थिइन् । उनले मदन भण्डारीको मृत्युपछि सेतो सारीमा विद्या भण्डारीलाई निर्वाचनमा पठाउनु नै अहिलेको दुर्भाग्यको कारण भएको बताएकी छिन् ।
सो विषयमा आपत्ति प्रकट गर्दै राष्ट्रपतिपुत्री भण्डारीले लामो र भावुक स्टाटस लेखेकी छिन् । उनले आफ्नो आमाको रातो सारी फर्काइदिन पनि झाँक्रीलाई आग्रह गरेकी छिन् ।
‘रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले सुनाइदिर्नू’ भनदै उनले लेखेकी छिन्, ‘गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ।’
यस्तो छ उषाको स्टाटस
मेरो momले मलाई बोलाउनु भयो अनि भन्नुभयो- सबै leadershipमा रहेका महिलाहरूलाई घिनलाग्दो आक्षेप लगाउछन- पहिलेको समयमा…
Posted by उषा किरण on Sunday, January 31, 2021