प्रधानमन्त्री ओलीलाई सोमबार सिरहामा कालोझण्डा


हरेकपल February 1, 2021

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार सिरहामा कालोझण्डा देखाइएको छ ।

तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्रीलाई सदरमुकाम सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका युवा तथा विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

प्रधानमन्त्रीले स्व.यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा उनलाई विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।

प्रहरीले कालोझण्डा देखाउने आधा दर्जन विद्यार्थीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको छ ।