एक्काईस थुँगे दुई कविता



– विपिन शर्मा –

सभ्यता

घामको प्रकाशले
धर्तीमा पोखिएको
आफ्नै छायाँको परिधिमाथि
आदिम मानवले औँला दौडाएर
सुरू गरेको सभ्यताको यात्रा
टक्क अडिएको छ
ऐनामा मानव आकृतिमाथि ।

कहाली

भीड र भीर
उस्तै –
एक्लो छु
यो था’ पाएपछि
कहाली लाग्ने ।

( द्रष्टव्य : माथिका दुइटा कविता ‘एक्काईस थुँगे सिर्जना अभियान’ अन्तर्गत पहिलो २१ शब्द र दोस्रो एक्काईस अक्षरमा सिर्जना गरिएका हुन्।)