आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा


हरेकपल January 21, 2022

एजेन्सी । डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई दुई शुन्य गोलले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछि लिभरपुलले ६ वर्षपछि उपाधिका लागि चेल्सीसँगको भेट पक्का गरेको हो।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे। खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछि घरेलु टोली आर्सनल १० खेलाडीमा सीमित भएको थियो।

यसअघि पहिलो लेग गोलरहित बराबरीमा रोकिएको थियो। यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।