अभिनेता पल शाह र अभिनेत्री प्रकृति श्रेष्ठको अभिनय रहेको ‘तिमी नै सहारा’ बोलको गीत सार्वजनिक भएको छ ।
लक्ष्मण भण्डारीको शब्द र सन्तोष केसीको संगीतमा प्रताप दास र अस्मिता अधिकारीले स्वर भरेको गीतलाई कमल सौरागले एरेञ्ज गरेका छन् ।
रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् ।
भिडियोका निर्माता गीतकार भण्डारी हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई निराजन केसीले सम्पादन गरेका हुन् ।