बोर भो !



नयाँ बनेका भगवानले
आज राती बोर गरे
भगवान बनाउने मान्छेले
भगवानलाई बोर गरे !

आएर
शब्द–शब्दहरू हूल बाँधेर
एक झप्को
गहिरो निद्रा चोरे
एक ओछ्यान न्यानो चोरे
स्वप्न भङ्ग गराउँदै
अनुभूत गराउन बाँकी
नीलो आनन्द चोरे !

सुन्छु –
कानलाई निशाना बनाएर
ठोक्किन आउने बजिया आवाजहरू
कर्कश लाग्छन्
मस्तक नै खल्बलिन खोज्छ भजन–बाजाहरूले
युद्ध निम्ति बजेको बिगुलझैँ
घरका कोठाहरू
फुटाउलाझैं गरी बजिरहन्छ माइक !

एई, कसले भङ्ग गर्दैछ
भगवानको एकाग्रता ?
कसले बिगार्दैछ
भगवान र मेरा बीचको सम्बन्ध ?
र, को बिथोल्दैछ मेरो निद्रा ?

सुन्छु –
कानलाई निशाना बनाएर
ठोक्किन आउने बजिया आवाजहरू
कर्कस लाग्छन्
मस्तक नै खल्बलिन खोज्छ भजन–बाजाहरूले
युद्ध निम्ति बजेको बिगुलझैँ
घरका कोठाहरू
फुटाउलाझैं गरी बजिरहन्छ माइक !

एई, कसले भङ्ग गर्दैछ
भगवानको एकाग्रता ?
कसले बिगार्दैछ
भगवान र मेरा बीचको सम्बन्ध ?
र, को बिथोल्दैछ मेरो निद्रा ?

सुत्नु थियो
निदाउनु थियो
मीठो सपना देख्नु थियो
भोलिको बिपनाको निम्ति
भोलि हिँड्ने यात्राको निम्ति
तर आज
म र भगवान
दुवै अनिँदो छौ
दुवै बेचैन छौ !
आज राती साह्रै बोर भो !