माओवादीकाे स्थायी समिति शनिबार बस्ने


हरेकपल January 21, 2022

सत्तारुढ गठवन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक स्थगित गरेर स्थायी कमिटी बैठक डाकेको छ । शनिबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित गर्दै शनिबार विहानै स्थायी कमिटीको बैठक आह्वान गरिएको जनाइएको छ ।
महाधिवेशनबाट माओवादीले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत चयन गरेको थियो भने केन्द्रीय कमिटी पनि चयन गरेको थियो ।

पार्टी पदाधिकारी केन्द्रीय कमिटीले चयन गर्ने भने पनि पदाधिकारी चयनमा ढिलाइ भइरहेको छ ।