शिशिर भण्डारीले ल्याए बाल संस्करणमा फोटो फिरिम गीत


हरेकपल March 5, 2022

शिशिर भण्डारी द्धारा निर्मित गीत फोटो फिरिममा सार्वजनिक भएको छ ।


सुप्रीम मल्ल ठकुरीको स्वरमा रहेको गितमा गीतमा शब्द-संगीत शिशिर भण्डारीकै रहेको छ । पछिल्लो समय बढ्दै गएको समाजको कुरुपतालाई आफ्नो जीवन्त रुपमा उतारेर बनेको गीतमा सुप्रीम मल्ल ठकुरी र दिनेश गौतमको दमदार स्वर रहेको गीतको मुख्य भूमिकामा स्वयम् शिशिर भण्डारी, श्रद्धा गौतम,दिपेन्द्र सोनम,रिनेक्स बस्नेत,अश्मा गिरी र असिम भण्डारीको अभिनय रहेको छ ।

फोटो फिरिम १ मा पनि उनले अरु कालाकारको साथमा अभिनय गरेका थिए । उनी भन्छन्, ‘भाग १ जस्तै यो बाल संस्करणलाई निर्माणमा पनि मैले अथक प्रयास गरेको छु ।’ गीतको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाई र सम्पादन दिन्सन शाहले गरेका हुन् । गीतलार्ई भण्डारीले उनको आफ्नै युटुब्युब च्यानेल ‘नयाँ नयाँ न्यूज नेपाल’बाट सावर्जनिक गरेका हुन् ।

यस गीतमा टिकटक बनाउने मध्य सर्वकृष्ठ लाई नगत १५,००० क्रमश १०,००० ५,००० ३,००० र दशजनालाई १००० को आर्कशक पुरस्कारको ब्यवस्था रहेको पनि शिशिर भण्डारीले जानकारी दिएका छन् ।

पछिल्लो समय भण्डारी सामाजिक क्षेत्रमा सक्रिय रुपमा लागे तापनि गीत संगीतको क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राख्दै आएका छन् । अघिल्ला गीतलाई जस्तै यस गीतलाई पनि दर्शकले माया गर्नु हुनेछ भन्ने उनले अपेक्षा छ । उनले यस अघि पनि धेरै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् । उनलाई अझै उर्जाशील भई गीत संगीत बजारमा ल्याउने सफलता मिलोस् – हरेकपल न्यूजको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ।