परिचय:
सहकारी कुनै नयाँ अवधारणा होईन यो त मानव सभ्यताको विकाससँगै विकासित हुदै गएको बयबहारबादी बैज्ञानिक अबाधारणा हो । सहकारी “एकका लागि सबै र सबैका लागि एक” भन्ने सिद्धान्तमा आधारित रहदै आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक हितलाई प्रवर्द्धन गर्ने माध्यम पनि हो । सहकारी भनेको समाजशास्त्रीय दृष्टिकोणबाट सामाजिक उत्पीडनबाट मुक्त हुने र व्यावसायिक दृष्टिकोणबाट सामाजिक व्यावसायिकताको माध्यम हो। आर्थिक दृष्टिकोणबाट, यो सदस्यहरूको वित्तीय स्थिति बृद्धि गर्ने दृष्टिकोण हो ।
अन्तर्राष्ट्रिय सहकारी महासंघका अनुसार सहकारी संयुक्त उद्यम र लोकतान्त्रिक रूपमा व्यवस्थित व्यवसायहरू मार्फत साझा आर्थिक, सामाजिक र सांस्कृतिक लक्ष्यहरू र महत्वाकांक्षाहरू पूरा गर्न स्वेच्छिक रूपमा गठन भएका व्यक्तिहरूको स्वयात्त संगठन हो । त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सहकारीलाई सीमित स्रोतसाधन भएका व्यक्तिहरूको लोकतान्त्रिक रूपमा नियन्त्रित व्यापार संगठन भनेर परिभाषित गरेको छ जसले आफ्ना सदस्यहरूलाई आवश्यक पूँजी लगानी गरेर व्यवसायको जोखिम र नाफाको हिस्सा स्वीकार गर्ने साझा आर्थिक क्षमता हासिल गर्न अनुमति दिन्छ । सहकारी संस्थाको स्थापनाको ईतिहासलाई हेर्दा बिस्वभर नै आपसी सहकार्यमा मानबिय समस्या समाधानको लागि स्थापना गरिएका स्वयात्त संस्थाहरुको रुपमा सहकारीलाई लिन सकिन्छ । यसरी हेर्दा सहकारी एक सामाजिक व्यावसायीक संस्था हो जुन यसको सदस्यहरु द्वारा स्थापित र शासित हुनछ र यो सफलतापूर्वक संसारभर एक महत्वपूर्ण आर्थिक मोडेलको रूपमा स्थापित भएको छ । अहिले बिश्व भरका ११२ राष्ट्रहरू अन्तर्राष्ट्रिय सहकारी महासंघको सदस्यता ग्रहण गरेका छन भने झंडई ३० लाखको संख्यामा रहेका सहकारी संस्थाहरूमा १ अर्ब भंदा बढ़ी सहकारी सदस्यहरू आबद्द भएका छन। सहकारी क्षेत्रले बिश्व भर २८ करोड भंदा बढ़ी मानिसलाई रोजगारी उपलब्ध गराएको छ ।
राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउन सहकारीमार्फत व्यक्तिगत उद्यमशीलताको विकास गर्न सकिन्छ । सहकारी भनेको लोकतान्त्रिक र सामाजिक उद्यमीहरूको स्वैच्छिक संस्था हो। यसले आफ्नो छुट्टै आदर्श र विचारहरू निर्माण गरेको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघ सहकारी आन्दोलनलाई थप सम्मानजनक, जवाफदेही र लाभदायक बनाउने लक्ष्यका साथ सन् १९८५ मा स्थापना भएको हो । आईसीएले विश्वभरका सहकारीहरूलाई विश्वसनीयता प्रदान गर्दै, दिगो र अविभाज्य संस्थाको रूपमा स्थापित गरि आफ्ना सदस्यहरूको हितमा ध्यान केन्द्रित गरी समान आदर्श र विचारहरू विकास गरेको छ। सहकारीहरू श्वेच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायतता र स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीहरु बीच पारस्परिक सहकार्य र समुदाय प्रति चासो जस्ता सिद्धान्तहरूमा आधारित हुन्छन्। त्यसैगरी, सहकारीका सदस्यहरूले सहकारीका संस्थापकहरूको विरासतलाई ध्यानमा राख्दै इमानदारी, खुलापन, सामाजिक उत्तरदायित्व र अरूको हेरचाह जस्ता नैतिक आदर्शहरूमा विश्वास गर्छन्। सहकारीका नैतिक सिद्धान्तहरूले सहकारीको समाजसँगको सम्बन्धलाई देखाउँछ, जबकि यसको आधारभूत मूल्यहरूले सहकारीको सदस्यहरूसँगको सम्बन्धलाई देखाउँछ। नेपालमा परापुर्बकाल देखिनै सहकार्यको संस्कृति रहेतापनि आधुनिक सहकारीको स्थापना भने बि.सं. २०१३ सालमा चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना संगै भएको पाईंछ । बि.सं. २०११ साल भाद्रमा आएको भिषण बाढी पहिरोको कारण पीडितलाई पुनर्बासको ब्यबस्था मिलाउनको लागि अमेरिकी सहयोग नियोग USAID को सहयोगमा राप्तिदुन बहुमुखी बिकास आयोजना मार्फत खालि जग्गा उपलब्ध गराउने र गास बासको लागि पुँजीको प्रबन्ध सहकारी पद्दति मार्फत गर्ने गरि बखानपुर ऋण सहकारी संस्था गठन गरिएको थियो ।
बेलायतमा सन् १८४४ मा कपडा कारखानामा काम गर्ने मजदुरहरुको शोषणको अन्त्य गर्न स्थापना भएको उपभोक्ता सहकारी देखि फ्रान्स र जर्मनीमा साहुमहाजनहरुको चर्को ब्याज बाट गरिब जनताहरुलाई मुक्त गराउनका लागि खोलिएका बचत ऋण सहकारी हुँदै नेपालमा बाढी पीडितलाई सहयोग गर्न खोलिएका सहकारी संस्था सबैको एऊटै उद्देश्य देखींछ त्यो हो; समस्यामा परेकाहरुलाई सहयोग गर्ने । तर हाम्रो सहकारी अभियान यो दिशामा केंद्रित छ त? यता तर्फ गम्भीर भएर बिचार बिमर्श गर्नुपर्ने बेला आएको छ।
नेपालमा सहकारी आन्दोलनको विकासक्रम:
नेपालमा सहकारी कुनै नौलो बिषय होइन । नेपाली समाजमा प्रारम्भदेखि नै नेपालीहरुका बिचमा एक आपसमा सहयोग गर्ने सहकार्यको परम्परा रही आएको छ। गुठी, पर्म , धर्मभकारी, ढिकुरी, मंकाखल र अन्य अनौपचारिक संस्था र परम्पराहरू यसका उदाहरण हुन् । यी संस्थागत संरचना, परम्परा र अभ्यासहरूले प्रमाणित गरेअनुसार नेपालमा अनौपचारिक सहयोग सञ्जाल फस्टाउँदै आईरहेको थियो । यी सामाजिक संस्थाका विशेषताहरू सहकारीको प्राथमिक स्वरूपसँग लगभग समान छन्।
सन् १९५६ को कार्यकारी आदेशमा २०१३ साल चैत्र २० गते बखनपुर बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएपछि आधुनिक सहकारी आन्दोलनको सुरुवात भएको थियो । नेपालको पहिलो आधुनिक सहकारी मानिदै आएको यो सहकारी चितवन जिल्लामा कार्यकारी आदेशको आधरमा दर्ता भएको थियो । नेपालमा सर्बप्रथम पहिलो सहकारिको रुपमा वि स २००० साल भाद्र महिनामा पूर्ब न १ बनेपामा ल्यांड मोर्टगेज बैंक र कोआपरेटिभ सोसाईटी खोलीएको देखींछ । तर यो लामो समय सम्म संचालन हून सकेन र २००५ साल चैत्र १ गाते देखी बन्द हून पुग्यो । प्रामाणिक रुपमा नेपालको पहिलो सहकारिको रुपमा बखानपुर बचत तथा ऋण सहकारिलाई लिने गरिंछ र यस्को कही क़तै पनी उल्लेख भएको पाईदैन । सरकारले यो बिषयमा थप अध्ययन अनुसंधान गरी यो बिषय लाई निरूपण ग़र्नु पर्दछ ।
केही विद्वान र सहकारी अभियानकर्मिहरुले बखानपुर बचत तथा ऋण सहकारी भन्दा पनि पहिलो सहकारी ल्यान्डमोर्टगेज बैंक र सहकारी संस्था भएको दाबी गर्छन् । तर, ठोस प्रमाण नहुँदा बखानपुरलाई नै पहिलो सहकारीको रुपमा मानिदै आईएको छ । त्यसै शील शिलामा पहिलो सहकारी स्थापना भाएको दिन पारेर हामिहरू सहकारी दिवस मनाऊन गैरहेका छौ । सहकारी आन्दोलनलाई देशका अधिकांश गरिब जनताको जीवनस्तर उकास्ने प्रमुख औजारका रूपमा चिनिएको छ ।
प्रथम पञ्चवर्षीय योजना (१९५६–१९६१) देखी पन्ध्रौं पञ्चवर्षीय योजना (२०७६ – २०८१) सम्म आईपुग्दा नेपालको सहकारी अभियानले थुपै उतार चढाब को सामना गर्दै आएको छ। संयोगवश नेपालमा योजनाबद्ध विकासको प्रारम्भ र आधुनिक सहकारी आन्दोलनको प्रारम्भ संग संगै हून गायो । नेपालको पहिलो आधुनिक सहकारी संस्था स्थापना भए देखि आजसम्म सहकारी अभियानले ६५ वर्षे यात्रा पूरा गरी सकेको छ । सहकारी विभागले सहकारी विकासको तथ्यांक सङ्कलन गरी प्रस्तुत गर्ने काम गरिरहेको छ । तर संघीय संरचना अनुरूप स्थानीय तह र प्रदेश सहकारी बिभाग अंतर्गत सहकारिको नियामकिय अधिकार हस्तांतरण भै सकेपछि तथ्यांक संकलनामा नियमितता हून सकेको छैन। सहकारिको तथ्यांकलाई प्रदेशगत रुपमा हेर्ने हो भने सहकारिको संख्या, सदास्या संख्या, रोज़गारिको संख्या र शेयर, बचत तथा ऋण लगानी सबै सूचकहरूमा बाग्मती प्रदेश धेरै अगाड़ी देखीएको छ भाने अधिकांश सूचकहरूमा कर्नाली प्रदेश पछाडी पारेको अबस्था छ। नेपालमा २०६३ साल देखी अहिले सम्मको सहकारी संस्थाको जम्मा संख्या, सदस्य संख्या, शेयर पूजी, बचत रक़म र कर्जा लगानी तथा रोज़गारिको संख्यालाई तलकों तालिका मार्फ़त देखाईएको छ ।
नेपालमा सहकारी विकासको अवस्था
Year | No of Coop | Coop Member | Share (‘000) | Deposit (‘000) | Loan (‘000) | Emplo yment | ||
Female | Male | Total | ||||||
2019/20 | 29886 | 4092394 | 3215068 | 7307462 | 94105016 | 477961146 | 426262311 | 88309 |
2016/17 | 34512 | 3213514 | 3092067 | 6305581 | 73178715 | 302164513 | 274154363 | 60517 |
2015/16 | 33599 | 3086318 | 2944539 | 6030857 | 71357882 | 295727802 | 289825041 | 56475 |
2014/15 | 32663 | 2281935 | 2824985 | 5100370 | 63059914 | 202420535 | 188078439 | 57854 |
2013/14 | 31177 | 2100137 | 2456513 | 4555286 | 61186201 | 172529350 | 154631604 | 54143 |
2012/13 | 29526 | 1953273 | 2398732 | 4352005 | 33451296 | 158162704 | 133827326 | 52003 |
2011/12 | 26501 | 1934551 | 2709902 | 4647549 | 27095151 | 139543971 | 134383307 | 39572 |
2010/11 | 23301 | 1449348 | 1692233 | 3141581 | 20225139 | 117295228 | 116835814 | 16502 |
2009/10 | 19724 | 897768 | 1240580 | 2138348 | 9360530 | 58045139 | 61549469 | N/A |
2008/09 | 15813 | 631454 | 1212305 | 1843759 | 8959172 | 29308434 | 30024625 | N/A |
2007/08 | 11302 | 608810 | 1182649 | 1791459 | 3638018 | 29001800 | 29873174 | N/A |
2006/07 | 9720 | 412447 | 847300 | 1259447 | 1045563 | 19517518 | 24147747 | N/A |
Source: Statistical report 2007-21, Department of Cooperatives:
सहकारी क्षेत्रका अबसरहरु
नेपालको सहकारी क्षेत्रका अबसरहरूलाई यसप्रकार उल्लेख गरीएको छ:
§ संविधानले नै सहकारीलाई एक महत्वपुर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको,
§ ७३ लाख भंदा बढ़ी जनसंख्या सहकारीमा आवद्द रहेको,
§ कम्तिमा १५ जना देखि सहकारी संस्था स्थापना गर्न सकिने र बढीमा जति पनि समाबेश गर्न सकिने तथा पुँजीको कुनै सिमा नभएको हुनाले जस्तो सुकै क्षेत्र र अबस्थामा पनि संचालन गर्न सकिने,
§ कृषि, जडिबुटी, पर्यटन, उत्पादन, वितरण र सेवा क्षेत्रमा सहकारीको संलग्नता,
§ सदस्यको क्षमता अभिबृद्धि र नेतृत्व बिकासको अवसर,
§ सहयोगी तथा सामुहिक भावनाको बिकास,
§ स्थानीय स्तरमा वित्तीय अन्तर सम्बन्ध कायम र श्रम शक्तिको सदुपयोग,
§ स्थानीय श्रोत, साधन र शिप तथा प्राकृतिक संपदाको सदुपयोग,
§ हरेक स्थानीय तह, दुर्गम स्थान र पिछडीएको वर्ग तथा समुदायमा सहकारीको उपस्थिति,
§ महिला र समाजमा रहेका प्राय सबै समुदायहरुको सहभागितामा अभिवृद्धि,
§ दिगो बिकास लक्ष्य प्राप्तिमा सहकारिको भूमिका बृद्धि,
§ सहकारी संजालमार्फत राष्ट्रीय र अन्तराष्ट्रीय पहुँच स्थापित हुदा बजार बिस्तारको प्रचुर संभावना,
§ सहकारी उधमशिलताको बिकास, बिस्तार र प्रबर्द्दन,
§ सहकारी मार्फ़त वित्तीय साक्षरता, वित्तीय समाबेशिता र मध्यस्थताको कार्य सफलता पूर्वक सम्पादन हून सक्ने,
§ सहकारीमा सोध र अनुसंधान मार्फत नयाँ क्षेत्रको पहिचान र प्रविधिको बिकास तथा उपयोग,
§ सहकारी मार्फत संविधानले परिकल्पना गरेको समाजबादी अर्थ ब्यबस्था स्थापना गर्न संभब रहेको,
§ सदस्यहरु लगानीकर्ता को साथसाथै उपभोक्ता पनि भएकोले सहकारीका उत्पादनहरुले सहजै बिस्तार गर्ने संभावना रहने,
§ एक व्यक्ति एक भोटको आधारमा पुंजी भन्दा पनि सदस्यलाई महत्व दिने भएको हुनाले कमजोर सदस्यले पनि आफ्नो स्वाभिमान सहित मेरो आफ्नो संस्था भनेर गर्ब गर्न सक्ने भएको हुनाले संस्था प्रतिको अपनत्व बढी हुने,
§ सहकारि मार्फत उत्पादनमा अभीबृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धन गर्न सक्ने अवसर रहेको।
सहकारी क्षेत्रका चुनौतीहरु
नेपालको सहकारी क्षेत्रका चूनौतीहरूलाई यसप्रकार उल्लेख गरीएको छ:
§ सहकारी संघ संस्थाको दर्ता, संचालन, अनुगमन तथा नियमनमा प्रभावकारिता र एकरुपताको अभाब,
§ सहकारी बिभाग, प्रदेश सहकारी बिभाग र स्थानीय तहका नियामकिय निकायको दक्षता अभिवृद्धि ग़र्नुपर्ने,
§ उत्पादनशील क्षेत्रमा सहकारी पुंजी परिचालनमा नीतिगत अस्पष्टता रहेको साथै ग्रामिण क्षेत्रमा सहकारीको लगानी बढाउन नसकिएको,
§ उत्पादनशील क्षेत्रमा सहकारीको योगदान बढाउन नसकिएको तथा सहकारीका उत्पादनहरुले भण्डारण र बजारीकरणको समस्या झेल्ने गरेको,
§ तुलनात्मक लाभका उद्योग र ब्यबसायाहरुमा सहकारी पद्दतिको उपयोग गर्न नसकिएको,
§ संघहरुलाई ब्याबसायिक बनाउन नसकिएकोले राजनैतिक चलखेल र हस्तक्षेप समेत हुने गरेको,
§ सहकारी मैत्री कानूनको अबाव तथा सहकारी ऐन, नीति, र कार्यक्रमहरुमा स्थानीय तह, प्रदेश र संघ स्तरमा समयानुकुल परिमार्जन, कार्यान्वयन र एकरुपतामा चुनौती,
§ जोखिममा आई समस्याग्रस्त बन्न पुगेका सहकारीहरूको समस्या समाधानमा कठिनाई रहेको र समस्याग्रस्त सहकारी व्यबस्थापन समिति कामयावि बन्न नसकेको,
§ सहकारिको औपचारिक रुपमा अध्ययन अनुसंधान हून नसकेको,
§ सहकारीलाई प्रबिधि मैत्री बनाउन र समयानुकुल नयाँ क्षेत्रमा लैजान नसकिएको,
§ सहकारी क्षेत्रको अध्ययन, अनुसन्धान र तालिममा कमि रहेको तथा यसले गरेका राम्रा कुराहरुलाई जनतासामु प्रचार, प्रसार गर्न नसकिएको,
§ सहकारी क्षेत्रमा सहकारी मूल्य, मान्यता र सिद्दान्तको परिपालना तथा सुशासन र पारदर्शिताको सुनिस्चिततामा अझै कमि रहेको तथा सहकारी संस्कृतिको बिकास गर्न नसकिएको,
§ वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरु र सहकारी बैंकबाट हुने वित्तीय कारोबारलाई ब्यबस्थित, सुरक्षित, भरपर्दो र जोखिम रहित बनाउनका लागि स्पष्ट कानुनि व्यबस्था र प्रणालीको अभाव रहेको,
§ अस्थिर बित्तिय बजारले सहकारिको कारोवारमा प्रभाव पारेको,
§ समाजको रुपान्तरणको लागि महत्वपूर्ण रहेको नवप्रवर्तन र सिर्जशीलतामा ढिलाई गरिरको,
§ सहकारी क्षेत्रमा काम गर्नका लागि दक्ष्य जनशक्तिको अभाब रहेको र युवा वर्गलाई आकर्षित गर्न नसकीएको,
§ सरकार, निजीक्षेत्र र सहकारी क्षेत्रको साझेदारी (PPCP मोडेल) मा कार्यक्रम संचालन गर्नु आबश्यक रहेको तर त्यसो गर्न नसकिएको,
§ संविधानले प्रत्याभुत गरे अनुरुप अर्थतन्त्रको तेश्रो खम्बाको रुपमा स्थापित हुनु तथा समाजबाद उन्मुख अर्थतन्त्रको निर्माणमा नेतृत्वदायी भूमिका निर्बाह गर्नु सहकारी क्षेत्रका लागि चुनौतिपूर्ण रहेको ।
अंत्यमा
सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रुपमा दरो गरि उभिन सक्ने बनाउदै दीगो बिकास लक्ष्य प्राप्तिमा सहकारीको योगदान र भूमिका अभिवृद्धि गर्नका लागि सहकारीको संख्यात्मक संगै गुणात्मक बिकास गर्दै अन्तर सहकारी कारोबार, विप्रेषण सेवा, रकमान्तर सेवा, मध्यस्थता लगायतका कार्यमा प्रबिधिको उपयोगलाई टेवा दिन र डिजिटल कारोबारलाई प्रोत्साहन दिनका लागि आबश्यक पूंजीको प्रबन्ध गर्नुपर्ने देखींछ । सहकारिका माध्यमबाट खण्डीकृत भएको, उपयोगमा नआएको र बाँझै परेको जमिनलाई चकलाबन्दी गरि ब्याबसायिक रुपमा सामुहिक र सहकारी खेति प्रणाली अबलम्बन गर्ने, ब्यबस्थित बस्ति बिकास, स्वास्थ्य, शिक्षा, ज्येष्ठ नागरिक आबास, शिशु स्याहार केन्द्र, पार्क निर्माण, फोहोर ब्यबस्थापन, हाटबजार ब्यबस्थापन, सम्पदा र संस्कृतिको संरक्षण, होम स्टे ब्यबस्थापन, पर्यटन प्रबद्र्दन, स्थानीय श्रम, शिप र साधनको सदुपयोग, उपभोक्ता भण्डार संचालन, बजारीकरण, कृषि, पशु पन्क्षि पालन, बिमा र लघु बित्त ब्यबस्थापन, वित्तीय सेवा लगायतका उत्पादन र सेवा क्षेत्रमा सहकारी मार्फत काम गर्नु पर्दछ । बेरोजगार रहेका युवाहरुलाई उनीहरुको रुची र क्षमता अनुसारको शिप र तालिम उपलब्ध गराई आबश्यकता अनुसार दक्ष जनशक्तिको उपयोग र प्रबाह गर्ने ब्यबस्था सहकारी मार्फत मिलाउनु पर्दछ। सहकारी मार्फ़त न्यून लागतमा स्थानीय स्तरमा उपलब्ध पूँजी र श्रम प्रयोग मार्फ़त उत्पादन बृद्धि भै आयात प्रतिस्थापन र निर्यात प्रबद्धन गरी कहालिलागदो ब्यापार घाटालाई केही हदसम्म भएपनी कम गर्न सकिने ।
सहकारिलाई उत्पादनमा केंद्रित गर्दै गाउँको उत्पादन सहरमा र सहरको पूंजी गाउँमा पुराउने माध्यम बनाउनु पर्दछ। यस्का साथै उत्पादन र बयबासाय परबरद्धन गर्न र सहकारी बयबसायलाई बिबिधिकारण गर्नका लागी सहकारी – सहकारी साझेदारी (C2C Modality), निजी – सहकारी साझेदारी (P2C Modality), सार्वजनिक – सहकारी साझेदारी (G2C Modality) र सार्वजनिक – निजी – सहकारी साझेदारी (PPCP Model) को मोडेलको प्रारूप तयार गरी सोही अनुरूप अगाड़ी बढ़नु पर्दछ । सहकारी मार्फ़त उत्पादन गरेर मात्र हुदैन भंने कुरामा कोभिड कालमा हामिले प्रत्यक्ष रुपमा नै देखीएको छ। त्यसैले सहकारी बजार प्रणालिको बिकास गर्ने र सहकारी मार्फ़त मुल्य ऋंखला कायम गर्ने कुरामा सहकारी अभियान केंद्रित हनु पर्दछ। त्यसैगरी सहकारिको संचालन प्रक्रिया सहकारी मुल्य मान्यतामा आधारित भै गर्नु पर्दछ । सहकारी अभियानलाई व्यबसाय बिबिधिकरण मार्फ़त सदस्यको आबश्यकता परिपूर्तिमा केंद्रित गर्नुपर्ने, सहकारिको औपचारिक अध्ययन, अनुसंधानमा जोड दिनुपर्ने, युवा वर्गलाई सहकारिमा आकर्षित गर्नका लागी युवा लक्षित कार्यक्रम लयाउने, सहकारिलाई प्रबिधिमा जोड़नु पर्ने र प्रबिधिमा आधारित सहकारिको बिकास गर्नुपर्ने, सहकारिलाई दिगो बिकास लक्ष्य प्राप्तिको भरपर्दो माध्यमको रुपमा बिकास गर्नु आबश्यक देखींछ ।