पञ्चकन्या बचत तथा ऋण सहकारीको कोटेश्वरमा सेवा केन्द्र विस्तार


हरेकपल April 28, 2022

काठमाडौँ । पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि.ले एक समारोहका बीच रिबन काटेर का.म.न.पा.– ३२ कोटेश्वर, भृकुटी भवनमा विधिवत् रूपमा सदस्य सेवाकेन्द्र विस्तार गरेको छ ।

कार्यक्रममा अध्यक्ष अनुपकुमार अग्रवाल, कार्यकारी सञ्चालक दिनेशकुमार पोखरेल, प्रमुख व्यवस्थापक ठाकुरनाथ आचार्यले सामूहिक रूपमा सेवा विस्तारको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उपादेयतामाथि प्रकाश पार्दै कार्यकारी सञ्चालक दिनेशकुमार पोखरेलले कोटेश्वरमा विस्तार गरिएको सेवाले यो क्षेत्र वरिपरिका सदस्यलाई थप सुविधा र सहजता प्रदान गर्ने बताउनुभयो ।

संस्थाका प्रमुख व्यवस्थापक ठाकुरनाथ आचार्यले उक्त सेवा केन्द्रबाट संस्थाले आउँदो आर्थिक वर्षमा १५ देखि २० करोड रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।


कोटेश्वर क्षेत्रमा रहेका सदस्यहरूको मागले यस क्षेत्रमा सेवा केन्द्र विस्तार गर्न सफल भएको र सदस्यका सम्पूर्ण वित्तीय करोबारको सम्पूर्ण समाधानको एक मात्र विकल्पको रूपमा सबैले सम्झन सक्ने गरी संस्थाले सेवा दिने कुरा प्रमुख व्यवस्थापक आचार्यले बताउनुभयो ।

वित्तीय सहकारीहरूमा छुट्टै पहिचान बनाउन सफल पञ्चकन्या सहकारीले प्रधान कार्यालय न्यूरोडमा पहिल्यैदेखि सेवा दिँदै आइरहेको छ ।

…..