साहित्यकार कविराज पोखरेलको स्मृतिमा काव्यसभा


हरेकपल May 12, 2022

विराटनगर । पूर्वान्चल साहित्य प्रतिष्ठानले कवि तथा गजलकार कविराज पोखरेलको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा विराटनगरमा एक काव्य सभाको आयोजना गरी साहित्य माध्यमबाट उहाँले गरेका योगदानका साथै अन्य योगदानको चर्चा गर्‍यो ।

कार्यक्रमका सभापति एवम् पूर्वान्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कविराज पोखरेल निष्ठावान् स्रष्टा भएको बताउनुभएको थियो भने प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले पोखरेल मान्छेको मन छुने खालको कविता लेख्न सिपालु कवि भएको उल्लेख गर्नुभयो ।

साहित्यकार भेषराज पोखरेल, जो कविराज पोखरेलका भाइ पनि हुनुहुन्छ, उहाँले आफ्ना दाइ कविराज अत्यन्त सरल स्वभावका व्यक्ति भएको बताउँदै उहाँको साहित्यिक योगदानका बारेमा चर्चा गर्नुभयो । कार्यक्रममा साहित्यकारहरू दधिराज सुवेदी, डा. मेदिनीप्रसाद शर्मा, भूषण ढुङ्गेल, बलराम पोखरेल, भवानी पोखरेलका साथै प्राध्यापक गुणराज ढुङ्गेलले पनि कविराज पोखरेलका साहित्यिक र सामाजिक योगदानको उल्लेख गर्दै श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।

उक्त गोष्ठीमा सुमन पोखरेल, सविता गौतम दाहाल, भेषराज पोखरेल, मन्जुश्री गिरी, राधा भट्टराई, लक्ष्मी पोखरेल, ममता मृदुललगायत ३७ जना कविहरूले कविता वाचन गर्नुभएको थियो ।