प्रतिनिधिसभाको मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९–८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथिको छलफल सुरु भएको छ ।
छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् ।
नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो ।