गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग लगनगाँठो कसिन्


हरेकपल June 14, 2022

गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भइरहेको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भइरहेको हो ।

दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।